Logo

प्रभु बैंकले तीन महिनामा कमायो १ अर्ब ४ करोड खुद नाफा, वितरणयोग्य मुनाफा कति पुग्यो ?

प्रभु बैंकले तीन महिनामा कमायो १ अर्ब ४ करोड खुद नाफा, वितरणयोग्य मुनाफा कति पुग्यो ?



काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ अर्ब ४ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यस्तो आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.६२ प्रतिशत मात्र बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ भने जगेडा कोषमा ९.४३ प्रतिशत बढेको छ । त्यस्तै, सो अवधिमा बैंकको निक्षेप ०.३२ प्रतिशत र कर्जा तथा सापटी १.१७ प्रतिशत घटेको छ ।

त्यस्तै, बैंकको खुद ब्याज आम्दानी ३.१६ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी ९.६४ प्रतिशत र कुल सञ्चालन आम्दानी ५.९५ प्रतिशत बढेको छ । तर, सञ्चालन मुनाफा ८.९२ प्रतिशत घटेको छ । नाफासँगै बैंकको प्रतिशेयर आम्दानी ११ पैसा बढेर १७ रुपैयाँ ६८ पैसा पुगेको छ । बैंकको खराब कर्जा प्रतिशत भने ं९७ प्रतिशतले बढेर ४.९४ प्रतिशत पगेको छ । यो अवधिमा वितरणयोग्य प्रतिशेयर आम्दानी ५९ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्