Logo

नेपाल बैंकको नाफामा उल्लेख्य सुधार, यस्ता छन् अन्य सूचक

नेपाल बैंकको नाफामा उल्लेख्य सुधार, यस्ता छन् अन्य सूचक



काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ६० करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ३२२.९८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १४ करोड २३ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी ०.४३ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ७.०३ प्रतिशत र कुल सञ्चालन आम्दानी ०.०८ प्रतिशत घटेको छ । त्यस्तै, सञ्चालन मुनाफा ५६४.६१ प्रतिशत बढेको छ।

गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकको खराब कर्जा अनुपात पनि सामान्य अंकले बढेको छ । गत वर्ष ३.८४ प्रतिशत रहेकोमा चालू आर्थिक वर्षको तीन महिनामा ३.९५ प्रतिशत पुगेको छ ।

बैंकको १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी छ भने जगेडा कोष पछिल्लो ३ महिनामा ४.५३ प्रतिशतले बढेको छ। बैंकको निक्षेप १.१२ र कर्जा तथा सापटी २.७९ प्रतिशत बढेको छ।

प्रतिक्रिया दिनुहोस्