Logo

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा १ अर्ब ४६ करोड, यस्ता छन् अन्य सूचक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा १ अर्ब ४६ करोड, यस्ता छन् अन्य सूचक



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ अर्ब ४६ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.८२ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५२ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

असोज मसान्तसम्म आइपुग्दा यस बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख ९८ हजार रुपैयाँ छ । नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि ६८ पैसा घटेर १७ रुपैयाँ १६ पैसा कायम भएको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ ३३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १४.८० गुणा रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.८३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ३०.०९ प्रतिशत बढेको छ। यस अवधिमा बैंकको कुल सञ्चालन २.५० प्रतिशत र सञ्चालन मुनाफा १९. ९६ प्रतिशत घटेको छ।

प्रतिक्रिया दिनुहोस्