काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले ५३ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२०.५३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १० करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.७५ प्रतिशत घटेको छ । बैंक्को खुद फि तथा कमिशन आम्दानी २४. ५८ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी २.५८ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ४२५.२३ प्रतिशत बढेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि ७ रुपैयाँ ३५ पैसा बढेर ९ रुपैयाँ २५ पैसा कायम भएको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ९५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २८.९२ गुणा रहेको छ।
असोज मसान्तसम्ममा १ अर्ब ४९ करोड रुपैयाँ वितरणयोग्य मुनाफा रहेको यस बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी ६ रुपैयाँ ४३ पैसा रहेको छ। यस अवधिसम्म आइपुृग्दा बैंकको चुक्ता पूँजी २३ अर्ब १८ करोड ७१ लाख रुपैयाँ छ ।