Logo

एनआइबिएल प्रगति फन्डको ६ करोड इकाइको बिक्री खुला, १ सय देखि ६० लाख कित्ता भर्न सकिने

एनआइबिएल प्रगति फन्डको ६ करोड इकाइको बिक्री खुला, १ सय देखि ६० लाख कित्ता भर्न सकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनआइबिएल क्यापिटल मार्केटले सर्वसाधारणका लागि ६० करोड रुपैयाँ बराबरको इकाईहरु बिक्री खुला गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनीका रुपमा रहेको एनआईबिएल क्यापिटलले सेयर बजारमै लगानी गर्ने उदेश्य सहिते दोस्रो योजना एनआइबिएल प्रगति फन्ड सार्वजनिक गरेको हो ।

जस अनुसार कम्पनीले १० रुपैयाँ दरका ६ करोड इकाई निष्कासन गरेको हो । जसमा न्युनतम १ सय इकाई देखि अधिकतम ६० लाख इकाईसम्म आवेदन गर्न सकिने कम्पनीद्वारा जारी सुचनामा उल्लेख छ ।

प्रगतिको फन्डमा आवदेखि मंसिर २० गतेसम्म आवेदन दिन सकिने छ । साथै आवेदन हेरी ढिलोमा मंसिर ३० गतेसम्म आवेदन भर्न सकिनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक एनआईबिएल क्यापिटल मार्केट्स रहेको छ ।

६ करोड इकाइमध्ये १० लाख इकाई बीज पूँजी वापत योजना व्यवस्थापक एनआइबिएल क्यापिटल र ८० लाख इकाई कोष प्रवद्धक नेपाल इन्भेष्टमेन्ट बैंकलाई ८० लाख इकाइ छुट्याइएको छ । अन्य इकाईमा भने सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्