Logo

कामना सेवा विकास बैंकको साधारण सभा सम्पन्न, १२ प्रतिशत लाभांश पारित

कामना सेवा विकास बैंकको साधारण सभा सम्पन्न, १२ प्रतिशत लाभांश पारित



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको १८ औं साधारण सभा असोज ३० गतेका दिन लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा सम्पन्न भएको हो ।

बैंकको सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभाबाट ७ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभाशं (करसमेत) गरी कुल १२ प्रतिशत लाभाशं पारित गरेको छ ।

साथै, उक्त साधारण सभाबाट लेखा परीक्षकको प्रतिवेदनसहित आव २०८०र८१ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आवको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाबलगायत वित्तिय विवरणसँग सम्बन्धित अनुसूचीहरु सर्वसम्मतीले पारित गरेको छ ।

त्यसैगरि, सभाले १०० रुपैया दरले ३५ करोड रुपैयाँबराबरको वार्षिक ९ प्रतिशत लाभाशं दर कायम हुने गरि अविमोच्य असञ्चिती अग्राधिकार सेयर जारी गर्ने, प्राथमिक पूँजी वृद्धी गर्ने, र प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने लगायतका प्रस्तावहरु समेत पारित गरेको हो।

उक्त साधारण सभाले आव २०८१/८२ को लेखापरीक्षण नियुक्ती गर्नको लागि बैंकको लेखारीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखापरीक्षक बिआरएस न्यौपाने एण्ड कम्पनी, चार्टड एकाउन्टेन्टसलाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्