Logo

मुक्तिनाथ विकास बैंक र आइडीइ नेपालबीच विकास कार्यक्रम संचालन गर्न साझेदारी

मुक्तिनाथ विकास बैंक र आइडीइ नेपालबीच विकास कार्यक्रम संचालन गर्न साझेदारी



काठमाडौं र मुक्तिनाथ विकास बैंक र आइडीइ नेपालको सहकार्यमा वित्तीय समावेशीकरण, तालिम तथा क्षमता अभिवृद्धि लगायतका विकास कार्यक्रम संचालन गर्न समझदारी भएको छ ।

उक्त समझदारी पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र आइडीइ नेपालको तर्फबाट कन्ट्री डाईरेक्टर प्रजुना केसीले हस्ताक्षर गरेका थिए ।

उक्त सहकार्यले नेपालमा विद्यमान सामाजिक, आर्थिक चुनौतिहरुलाई सम्बोधन गर्न र दिगो विकासलाई प्रवद्र्धन गर्न सहयोग पुग्ने दुबै कम्पनीले लिएका छन ।

दुवै संस्थाहरुको साझेदारीले वित्तीय सुधार सहितको समावेशीता, ग्रामीण विकासमा टेवा, साना किसानहरुलाई प्रोत्साहन, खाद्य सुरक्षा तथा चेतना, जलवायु परिवर्तन र गरिबी न्यूनीकरण लगायतका क्षेत्रमा योगदान दिन सकिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्