Logo

कात्तिकका लागि १० वाणिज्य बैंकले घटाए ब्याजदर, कसको कति ?

कात्तिकका लागि १० वाणिज्य बैंकले घटाए ब्याजदर, कसको कति ?



काठमाडौं । कात्तिक महिनाका लागि नेपालका अधिकांश वाणिज्य बैंकहरुको मुद्धति निक्षेपको व्याजदर घटाएका छन् । नेपालमा संचालित २० वाणिज्य बैंकहरुमध्ये १० वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि असोजको तुलनामा ब्याजदर घटाएका हुन् । यस्तै ९ बैंकले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने सानिमा बैंकले असोजको लागि ब्याजदर बढाएको छ ।

औसतमा व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर अब कात्तिक महिनाका लागि ६.१८ प्रतिशत कायम भएको छ । असोजको लागि औसत ब्याजदर ६.३८ प्रतिशत थियो । औसतमा हेर्दा १ महिनामा २० बैंकहरुको औसत ब्याजदर ०.१९ प्रतिशत बिन्दुले घटाएको देखिन्छ ।

खासगरी बैंकिङ प्रणालीमा तरलता फालाफाल र कर्जा लगानी न्यून हुँदा बैंकहरु लगातार ब्याजदर घटाउँदै आएका छन् । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले हालसम्म ६६ खर्ब २५ अर्ब निक्षेप संकलन गर्दा कर्जा प्रवाह जम्मा ५२ खर्ब ६७ अर्ब मात्रै छ ।

प्रतिक्रिया दिनुहोस्