Logo

ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच सम्झौता, गैर कोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने

ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच सम्झौता, गैर कोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने



काठमाडौं । ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच सम्झौता भएको छ । गैर कोषमा आधारित बंैकिङ सुविधा उपलब्ध गराउने सम्झौता पत्रमा दुई बैंकबीच हस्ताक्षर सम्पत्र भएको हो ।

उक्त सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार महालक्ष्मी विकास बैंकका ग्राहकहरुले आफ्नो व्यवसायलाई आवश्यकता पर्ने गैर कोषमा आधारित प्रतीत पत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ आदि सुविधा महालक्ष्मी विकास बैंकको सिफारिसमा ग्लोबल आइएमई बैंक मार्फत उपभोग गर्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्