Logo

१०:४ को अनुपातमा हकप्रद जारी गर्दै एसविआई, ०७४ असारभित्रै चुक्ता पूँजी ८ अर्व पुग्ने

१०:४ को अनुपातमा हकप्रद जारी गर्दै एसविआई, ०७४ असारभित्रै चुक्ता पूँजी ८ अर्व पुग्ने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल एसबिआई बैंकले १ अर्व ९९ करोड १९ लाख ४२ हजार रकम बराबर हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकको सोमवार बसेको संचालक समितिको बैठकले १० बराबर ४ अनुपातमा हकप्रद निष्काशनको प्रस्ताव स्वीकृत गरेको हो ।

यसअघि बैंकले २८ प्रतिशत बोनस सेयर र एफपिओ जारी गर्ने घोषणा गरेको थियो । हाल बैंकको चुक्त पूँजी ३ अर्व ८८ करोड छ । बैंकले बोनस सेयर वितरण गरेपछि ६७ हजार ७ सय ६७ दशमलव ८७ एफपिओ जारी गर्ने छ ।

राष्ट्र बैंकले तोकेको समयसीमा भित्रै बैंकको चुक्ता पूँजी रु.८ अर्ब पु¥याउने गरी गत वर्ष बैंकले तर्जुमा गरेको पूँजी योजना कार्यान्वयनको क्रममा बैंकले हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

नेपाल एसबिआई बैंक लिमिटेड नेपाल र भारतको संयुक्त लगानीमा भारतीय स्टेट बैंक तथा कर्मचारी संचय कोषको प्रवद्र्धनमा स्थापित बैंक हो ।
बैंकले हाल ७३ वटा व्यवसायीक इकाई ६ र ७८ जना कर्मचारी मार्फत सेवा प्रदान गर्दै आएको छ । हाल देशका विभिन्न स्थानमा बैंकका ८६ वटा एटिएम रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्