Logo

सानिमा बैंकको लाभांश घोषणा, कति पाउने भए सेयरधनीले ?

सानिमा बैंकको लाभांश घोषणा, कति पाउने भए सेयरधनीले ?



काठमाडौं । सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । बैंकको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्ता पुँजीको कर समेत गरी ५.२६३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्