Logo

माछापुच्छ्रे बैंकको २४औँ वार्षिकोत्सव सम्पन्न, ‘उत्सव र सहयोग’ भन्ने नाराका साथ मनाइयो

माछापुच्छ्रे बैंकको २४औँ वार्षिकोत्सव सम्पन्न, ‘उत्सव र सहयोग’ भन्ने नाराका साथ मनाइयो



काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रम गरेर मनाईरहेको छ । ‘उत्सव र सहयोग’ भन्ने नाराका साथ बैंकले असोज महिनालाई वार्षिकोसत्व अभियानको रुपमा लिएको हो । यसै अवसरमा बैंकले असोज १८ गते केन्द्रीय कार्यालय तथा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुमा केक काटेर हर्षित उल्लासकासाथ वार्षिकोत्सव मनाएको छ ।

हरेक वर्ष असोज १७ गतेलाई वार्षिकोत्सव दिनको रुपमा मनाउँदै आएको बैंकले यस वर्ष २४औँ वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरुलाई विभिन्न प्रकारका विशेष सुविधाहरु प्रदान गर्दै आएको छ भने ‘उत्सव र सहयोग’ भन्ने नाराका साथ देशभर रहेका विभिन्न शाखाहरु मार्फत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोगका कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको छ ।

जसअन्तर्गत बैंकले वृद्धाश्रम तथा बालमन्दिरहरूमा सहयोग, वृक्षरोपण, वित्तीय साक्षरता प्रवद्र्धन कार्यक्रम जस्ता सामाजिक उत्तरदायित्वमा केन्द्रित गतिविधिहरू सञ्चालन गरिरहेको छ ।

केही दिन अगाडी मात्रै आएको बाढी पहिरोमा परि विस्थापित भएका काभ्रे जिल्लाको रोशी गाउपालिका १ र २ का बाढी पहिरो पिडित घरपरिवारलाई २०० थान ब्लांकेट बैंकले प्रदान गरेको छ । बाढी पहिरोका कारण विभिन्न स्थानहरुमा बाटो अवरुद्ध हुँदा बैंकले उक्त ब्लांकेटहरु रोशी गाँउपालिकाका अध्यक्ष दिनेश लामालाई हस्तान्तरण गरेको हो ।

यसैगरी बैंकले २४औ वार्षिकोत्सवको अवसर पारेर ग्राहक लक्षित विभिन्न अफरहरु संचालनमा ल्याएको छ । बैंकले असोज १ देखि ३० गतेसम्मको अवधिमा मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहकलाई विशेष छुटको योजना ल्याएको छ । जसअन्तर्गत बैंकको डेबिट कार्ड लिने ग्राहक महानुभावहरुले कार्ड लिँदा पहिलो वर्षको जारी शुल्कमा शतप्रतिशत छुट र त्यस पछिको दुई वर्षसम्म पनि कार्ड नवीकरण शुल्कमा शतप्रतिशत छुट प्रदान गरिरहेको छ । बैंकले क्रेडिट कार्ड जारी गर्दा सदस्यता तथा जारी शुल्कमा आकर्षक प्याकेज बनाइ पाँच वर्ष अवधिको लागि एकमुष्ट रु.२,४०० मात्रमा प्रदान गरिरहेको छ । साथै बैंकले मोबाइल बैंकिङ्ग सेवाको सदस्यता शुल्कमा वार्षिक ५०% सम्मको छुट, डलर क्रेडिट कार्ड र डलर प्रिपेड कार्ड जारी गर्दा जारी शुल्कमा पहिलो वर्ष २४% सम्मको छुट प्रदान गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्