Logo

नेपाल एसबिआई बैंकद्धारा विराटनगर महानगरपालिकालाई सहयोग रकम हस्तान्तरण

नेपाल एसबिआई बैंकद्धारा विराटनगर महानगरपालिकालाई सहयोग रकम हस्तान्तरण



काठमाडौं । नेपाल एसबिआई बैंक लि. ले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्वच्छ तथा हरियाली वातावरण प्रवद्र्धन गर्ने उद्देश्यले बरगाछी– रानी डिभाइडर सौन्दर्यकरण समिति, विराटनगरलाई बरगाछी – रानी ६ लेन सडकमा बृक्षरोपण कार्यक्रमका लागि आर्थिक सहयोग गरेको छ ।

उक्त सहयोग रकम बैंकका कोशी प्रदेश प्रमुख, रबिन घिमिरेले विराटनगर महानगरपालिकाका मेयर, नागेश कोइरालालाई औपचारिक रुपमा हस्तान्तरण गरेका थिए ।

सो कार्यक्रममा बैंक तथा महानगरपालिकाका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । बैंकले दिगो विकास तथा वातावरण संरक्षण गर्ने उदेश्यले यस्ता गतिविधिहरू समय समयमा सञ्चालन गर्दै आएको छ ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्