Logo

ज्योति विकास बैंक र जंगल भिल्ला रिसोर्टबीच सम्झौता, बैंकका ग्राहकहरुलाई भिल्लामा विशेष छुट

ज्योति विकास बैंक र जंगल भिल्ला रिसोर्टबीच सम्झौता, बैंकका ग्राहकहरुलाई भिल्लामा विशेष छुट



काठमाडौं । ज्योति विकास बैंक र चितवनस्थित जंगल भिल्ला रिसोर्टबीच सम्झौता भएको छ । भिल्लामा बैंकका ग्राहकहरूलाई १५ प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने गरी उक्त सम्झौता भएको हो ।

उक्त सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त रिसोर्टमा खाना, वेभरेज तथा रुम चार्जमा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।

हालै बैंकले कमलपोखरीस्थित प्रख्यात अचार घर, दरबारमार्गस्थित महोत्सव रेष्टुरेन्ट एण्ड बार, हात्तीसारस्थित नेपाल हाउस रेस्टुरेन्ट एण्ड बार तथा कमलादीस्थित क्याफे लायन हर्ट तन्दुरी किनेछमा बैंकका ग्राहकहरूले १० प्रतिशतसम्मको आकर्षक छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्