Logo

बैंक वित्तीय संस्थाका नाममा केन्द्रिय बैंकको परिपत्र : सम्पत्ति शुद्धिकरणमा ५ करोडसम्मको जरिवाना हुने

बैंक वित्तीय संस्थाका नाममा केन्द्रिय बैंकको परिपत्र : सम्पत्ति शुद्धिकरणमा ५ करोडसम्मको जरिवाना हुने



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि सम्पत्ति शुद्धिकरणमा अझै चनाखो हुनुपर्नेगरी निर्देशन जारी गरेको छ । केन्द्रिय बैंकले सबै प्रकारका बैंक र पूर्वाधार विकास बैंकका लागि पनि एकिकृत परिपत्र जारी गर्दै जोखिममा आधारिक नीतिहरुको उल्लेख्य प्रवद्र्धन गर्नुपर्ने, सम्पत्ति शुद्धिकरण तथा अवैध लेनदेन तथा कारोबारमा पूर्ण रुपमा कडाई गर्नुपर्नेलगायतका निर्देशनहरु दिएको हो ।

एकिकृत परिपत्रमा जुन सूचक संस्थाले प्रचलित कानुनमा भएको परिवर्तन, जोखिम मूल्याङ्कन, व्यवसाय र प्रविधिमा भएको परिवर्तन, कसूर गर्ने तरीका तथा प्रवृत्तिमा आएको परिवर्तन समेतको आधारमा वार्षिक रुपमा कम्तीमा एक पटक जोखिममा आधारित नीति, कार्यविधि तथा कार्ययोजनामा आवश्यक संशोधन गरी मा अद्यावधिक गर्नु पर्ने कुरा उल्लेख गरिएको छ ।

यस्तै उक्त बुँदाबमोजिम कारबाही वा सजाय भएमा र त्यस्तो सजाय उक्त संस्थाको कुनै पदाधिकारी वा कर्मचारीको काम कारबाहीको कारणले भएको देखिएमा त्यस्तो पदाधिकारी वा कर्मचारीलाई सम्बन्धित बैंक तथा वित्तीय संस्थाले प्रचलित कानुन वा संस्थाको विनियमावली बमोजिम कारबाही गर्नुपर्ने कुरा पनि परिपत्रमा उल्लेख गरिएको छ ।

तर, सूचक संस्थाले उक्त कारबाही नगरेमा नेपाल राष्ट्र बैंकले त्यस्तो पदाधिकारी वा कर्मचारीलाई कारबाही गरी त्यसरी कारबाही नगर्ने संस्थाको संचालक वा सम्बन्धित पदाधिकारीलाई परिपालनाको अवस्था, विषयको गाम्भीर्यता र सूचक संस्थाको प्रकृतिअनुसार १० लाख देखि ५ करोड रुपैयाँसम्मको जरिवाना वा पदबाट हटाउने वा दुवै कारबाही गर्न सक्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्