Logo

कन्काई विकास बैंकको नयाँ शाखा झापामा, अन्य ३ शाखा थपिदै

कन्काई विकास बैंकको नयाँ शाखा झापामा, अन्य ३ शाखा थपिदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कन्काई विकास बैंकले झापाको राजगढस्थित राजगढ बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बिहीबार एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंक बिराटनगरका निर्देशक रामु पौडेलले बैंकको नयाँशाखाको उद्घाटन गरेका हुन् । शाखा बिस्तारसँगै बैंकको शाखा सञ्जाल १० पुगेको छ ।

झापाको दमकमा मुख्य कार्यालय रहेकोे बैंकले झापा, मोरङ र इलाम गरी तीन जिल्लामा वित्तीय सेवा प्रदान गर्दै आएको छ । यस क्रममा ग्रामिण क्षेत्रमा वित्तीय पहुँच बिस्तार गर्न बैंकले आफ्नो दशौं शाखा ग्रामिण क्षेत्रमा स्थापना गरेको हो । शाखाको उद्घाटन गर्दै राष्ट्र बैंकका निर्देशक रामु पौडेलले कृषिजन्य उत्पादनको व्यापारमा राजगढबासीलाई बैंकले सहज रुपमा वित्तीय सेवा प्रदान गर्ने अपेक्षा गरे । उनले राजगढ र आसपासका ग्रामिण क्षेत्रमा कृषिजन्य उपजको व्यवसाय प्रवद्र्धन गर्दै वित्तीय सेवाको पहुँच बढाउनेमा आफु ढुक्क रहेको बताए ।

सो अवसरमा बैंकको संस्थापक अध्यक्ष गुणराज अधिकारी तथा प्रमुखकार्यकारी अधिकृत प्रकाशमान बज्राचार्यले पुर्वी नेपालमाकन्काई विकास बैंकलाई स्तरीय बैंकका रुपमा स्थापित गर्दै लैजाने बताएका थिए । राष्ट्र बैंकले तोकेको पूँजी ५० करोड बनाउने क्रममा रहेको बैंकलाई यस अभियानमा सबैको सहयोग अपरिहार्य रहेको भन्दै बैंकका सञ्चालकतथाव्यवस्थापकले सबै पक्षको सुझावको अपेक्षा गरेका छन् । कार्यक्रममाश्रम तथायातायात सहायकमन्त्री टेनारायण राजबंशीले बैंकलाई प्रतिष्ठित संस्थाको रुपमा स्थापितहुँदै उच्च गुणस्तरको सेवाप्रदानगर्न सुभकामनाव्यक्त गरेका थिए ।

बैंकले झापाको दमक, काकडभिट्टा, विर्तामोड, गौरादह र झिलझिलतथामोरङको पथरी र खोर्साने तथाइलामको मंगलबारे र राँके गरी ९ शाखाबाट वित्तीय सेवाप्रदानगर्दै आएको थियो । मोरङको विराटनगर र इलामको बिब्ल्याँटे वजार तथा तिनघरे बजारमा शाखा खोल्न नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाइसकेको बैंकले निकट भविष्यमा नै तीशाखा सञ्चालनमा ल्याउँदैछ ।

नेपाल राष्ट्र बैंकबाट २०६४ बैशाख ५ गते इजाजत पाएको बैंकले २०६४ बैशाख २० देखि ‘ख’वर्गको वित्तीय संस्थाका रुपमा सेवा सुरु गरेको थियो । चुक्तापूँजी १२ करोड ५० लाख रुपैंया रहेको बैंकले २ सय १४ प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव गरेको छ । त्यसै गरी गत वर्षको कमाईबाट लगानीकर्तालाई २० प्रतिशत बोनस बितरणको प्रस्ताव गरेको बैंकको हकप्रद निष्काशन तथा बोनस बितरण पश्चात चुक्ता पूँजी ४७ करोड रुपैंया पुग्नेछ ।

तीन जिल्लामा गरी २२ हजार सेवाग्राहीलाई वित्तीय सेवाप्रदानगर्दै आएको बैंकले एक अर्ब २७ करोड रुपैंया निक्षेप संकलन गरी १ अर्ब ११ करोड रुपैंया कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्