Logo

ज्योति विकास बैंक र काठमाडौंका ४ रेष्टुरेन्टबीच सम्झौता, ग्राहकहरुलाई विशेष छुट

ज्योति विकास बैंक र काठमाडौंका ४ रेष्टुरेन्टबीच सम्झौता, ग्राहकहरुलाई विशेष छुट



काठमाडों । ज्योति विकास बैंकले काठमाडौंस्थित चार विभिन्न रेस्टुरेन्टहरुसँग बैंकका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।

बैंकले कमलपोखरीस्थित अचार घर दरबारमार्गस्थित महोत्सव रेष्टुरेन्ट एण्ड बार, हात्तीसारस्थित नेपाल हाउस रेष्टुरेन्ट एण्ड बार तथा कमलादीस्थित क्याफे लायन हट तन्दुरी चिकेनसँग सम्झौता गरेको हो । सम्झौता अनुसार यी रेष्टुरेन्टहरुमा बैंकका ग्राहकहरूले १० प्रतिशतसम्मको आकर्षक छुटको फाइदा लिन सक्नेछन्।

सम्झौतापत्रमा हस्ताक्षर भएसँगै, ग्राहकहरूले एक वर्षको अवधिसम्म यी प्रतिष्ठित रेष्टुरेन्टहरुमा स्वादिष्ट परिकारहरूको साथ छुटको लाभ उठाउन पाउनेछन्।

ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्