Logo

प्रभु बैंक र कलेज अफ मेडिकल साइन्सबीच सम्झौता, बैंकका ग्राहकलाई सेवामा विशेष छुट

प्रभु बैंक र कलेज अफ मेडिकल साइन्सबीच सम्झौता, बैंकका ग्राहकलाई सेवामा विशेष छुट



काठमाडौं । प्रभु बैंक चितवन, भरतपुरस्थित कलेल अफ मेडिकल साइन्सबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई अस्पतालका सेवामा विशेÈ छुट दिनेगरी दुई निकायबीच सम्झौचा भएको हो । सम्झौतापत्रमा प्रभु बैँकका तर्फबाट चितवन प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा कलेज अफ मेडिकल साएन्सका तर्फबाट एडिसनल डाइरेक्टर डा.मनोहर प्रधानले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार कलेज अफ मेडिकल साइन्ससँग प्रभु बैँकका ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुबिधा लिएबापत बिशेÈ छुट पाउने भएकाछन् । सिओएमएस मा उपचार गर्दा औÈधि, सिटि स्क्यान र एमआरआई बाहेक सम्पूर्ण सेवाका साथै एक्सरे र यूएसजि मा समेत २०∞ सम्म को छुट पाउने छन् ।

प्रभु बैँक लिमिटेड का ग्राहक तथा कर्मचारीहरुले कलेज अफ मेडिकल साइन्सको सुबिधा तथा सेवा प्राप्त गर्नको निमित्त बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतिय प्रणाली द्धारा विल भुक्तानी गर्नुपर्ने छ । तर यो सुविधा प्राप्त गर्नको लागि प्रभु बैँक लिमिटेड का ग्राहक तथा कर्मचारीहरुलाई परिचयपत्र तथा परिवारको सदस्यको लागि नाता खूल्ने कागजात अनिवार्य पेशगर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्