Logo

सिटिजन्स बैंकद्धारा प्रधानमन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषलाई २५ लाख सहयोग हस्तान्तरण

सिटिजन्स बैंकद्धारा प्रधानमन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषलाई २५ लाख सहयोग हस्तान्तरण



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रधानमन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा सहयोग गरेको छ । बैंकले अविरल वर्षाले प्रभावित भई ठूलो जनधनको क्षति पुगेकाहरुको राहतको उदेश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत पीडितहरूको राहत र पुनर्स्थापनाको लागि सहयोग प्रदान गरेको छ हो ।

शहरी विकास मन्त्रालयमा आज आयोजित एक कार्यक्रमबीच कार्यवाहक प्रधानमन्त्री एंवम उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई बैंकका अध्यक्ष प्रबल जंग पाण्डेले २५ लाखको चेक हस्तान्तरण गरेका हुन् ।

सिटिजन्स बैंकले यसअघि पनि २०७२ सालको विनाशकारी भुकम्पबाट पिडीतहरुको उद्धार तथा उपचारको उद्देश्यले प्रधानमन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोग स्वरुप एक करोड प्रदान गरेको थियो । कर्णाली प्रदेशको जाजरकोटमा गएको विनाशकारी भुकम्पबाट पिडीतहरुको उद्धार तथा उपचारको उद्देश्यले प्रधानमन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा २५ लाखको सहयोग प्रधान गरेको थियोे ।

प्रतिक्रिया दिनुहोस्