Logo

सानिमा बैंकको दराजसंग दशैं धमाका योजना, डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट

सानिमा बैंकको दराजसंग दशैं धमाका योजना, डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट



काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि बडा दशैंको अवसरमा दराजसंग दशैं धमाका योजनामा विशेष छुट दिने सहकार्य गरेको छ ।

योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नुहुनेछ । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम् १ हजार ५०० रुपैंयासम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् २ हजार रुपैंया सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ ।

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता” को आधारमा छुट प्रदान गरिने छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नुहुनेछ । यो योजना २०८१ आश्विन ११ देखि २१ गतेसम्म ११ दिनका लागि लागू हुनेछ ।
Kumari Bank Ad

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/offers मा उपलब्ध छ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा ए.टि.एमहरु संचालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्