Logo

१७औ वार्षिकोत्सवको अवसरमा प्राइम कमर्सियल बैंकको रक्तदान कार्यक्रम सम्पन्न

१७औ वार्षिकोत्सवको अवसरमा प्राइम कमर्सियल बैंकको रक्तदान कार्यक्रम सम्पन्न



काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले १७औ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको । बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौ कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगंज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल, कर्णाली प्रदेश कार्यालय छिन्चु, सुर्खेतमा गरि देशभर ६ स्थानमा रक्तदान कार्याक्रम सम्पन्न गरेको हो ।

उक्त रक्तदान कार्यक्रममा बैकका कर्मचारी तथा शुभेच्छुकहरुगरी ३९२ जनाले रक्तदान गरेका थिए । सो कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत संजिव मानन्धरले सम्पुर्ण रक्तदाता तथा प्रबिधिकहरुलाई धन्यवाद दिदै, मानवजिवन रक्षाकोलागि अत्यावश्यक रगत संकलन गर्ने कार्यक्रम आयोजना गरि सम्पन्न गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए । आगामि दिनमा पनि यस्तै बिभिन्न सामाजिकसेवाका कार्यहरु गर्दैजाने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्