Logo

राष्ट्रिय वाणिज्य बैंक र २ रेमिट कम्पनीबीच सम्झौता, अब विश्वभरबाट बैंकको खातामा पैसा पठाउन सहज

राष्ट्रिय वाणिज्य बैंक र २ रेमिट कम्पनीबीच सम्झौता, अब विश्वभरबाट बैंकको खातामा पैसा पठाउन सहज



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र निओ मनि ट्रान्सफर तथा युनाईटेड रेमिटबीच सम्झौता भएको छ । विभिन्न देशमा भएका नेपाली नागरिकहरुले नेपालमा पैसा पठाउन सहजीकरणका लागि भन्दै यी ३ कम्पनीबीच सम्झौता भएको हो ।

सम्झौता अनुसार अब बिश्वका जुनसुकै देशहरुमा रहेका नेपालीहरुले निओ रेमिट तथा युनाईटेड रेमिटबाट पठाएको वैदेशिक रेमिटान्स अब राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ७७ जिल्लामा रहेका २९४ वटा शाखा कार्यालयहरुबाट भुक्तानी हुने भएको छ ।

दूर दराजमा रहेका ग्राहकहरुले पनि यो सुबिधा प्राप्त गर्न सक्नेछन । साथै उक्त रेमिटबाट सोझै खातामा जम्मा हुने गरी पठाएको रकम पनि भुक्तानी प्राप्तकर्ताको खातामा जम्मा हुने बैंकले जानकारी दिएको छ ।

सम्झौतामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका तर्फबाट विभागीय प्रमुख ऋषिराम ढकाल र निओ मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत सागर खनालले हस्ताक्षर गरेका थिए । साथै युनाईटेड रेमिटका तर्फबाट सुदनसिंह सिलवालले हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्