Logo

कुमारी बैंकको दशैं उत्सव क्यासब्याक अफर सञ्चालनमा, मोबाइल बैंकिङबाट भुक्तानी गर्दा २५ प्रतिशत क्याशब्याक

कुमारी बैंकको दशैं उत्सव क्यासब्याक अफर सञ्चालनमा, मोबाइल बैंकिङबाट भुक्तानी गर्दा २५ प्रतिशत क्याशब्याक



काठमाडौं । कुमारी बैंकले दशैं उत्सव क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीलाई मोबाइल बैंकिङमा आकर्षित तुल्याउन घटस्थापनादेखि महानवमी सम्मको ९ दिन सञ्चालनमा रहने उक्त अफर बैंकले सार्वजनिक गरेको हो ।

उक्त अफरमार्फत कुमारी बैंकका सेवाग्राहीहरुले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाईल बैकिङमार्फत बस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाईल बैकिङ प्रयोगकर्ताले खरिद मुल्यको २५ प्रतिशत वा अधिकतम ५ सय १ रुपैयाँ बराबरको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

यो योजना अन्र्तगत लाभान्वित सेवाग्राहीको संख्या बढाउन बिहान ८ बजे देखि बेलुका ११ः५९ बजे सम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीहरुलाई नदोहोरिने गरि क्यासब्याक उपलब्ध गराउने ब्यवस्था गरिएको छ । यसप्रकारको क्यासब्याकले सेवाग्राहीहरुमा विद्युतीय भुक्तानीका माध्यम मार्फत कारोबार गर्न प्रोत्साहन मिल्ने तथा डिजिटल अर्थव्यवस्था विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्