Logo

सिंहदरबारमा राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखा, अर्थमन्त्रीले गरे उद्दघाटन

सिंहदरबारमा राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखा, अर्थमन्त्रीले गरे उद्दघाटन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सिंहदरवारस्थित केन्द्रीय कार्यालयमा कर्पोरेट शाखा स्थापना गरेको छ । बुधवार एक कार्यक्रमवीच अर्थमन्त्री कृष्णबहादुर महराले सो शाखाको उद्घाटन गरे। यससँगै बैंकको शाखा संख्या देशभर १ सय ७१ पुगेको छ ।

बैंकले आफ्नो स्वर्ण महोत्सवको अवसर पारेर सो सेवा विस्तार गरेको हो। कार्यक्रममा अर्थमन्त्री महराले अहिलेको बजार प्रतिशपर्धात्मक भएको भन्दै ग्राहकको मन जित्ने गरी सेवा संचालन गर्न सुझाए ।

नेपाल राष्ट्र बैंकका गर्भनर डाक्टर चिरञ्जीवी नेपालले विगत १२ वर्षयता वाणिज्य बैकहरु सुदृढ हुँदै गएको बताए । साथै बैकिङ सेवा दुर्गम क्षेत्रका जनताको घर दैलोमा पु¥याउन वाणिज्य बैकले पहलकदमी लिनुपर्ने बताए ।

कार्यक्रममा बैक संचालक समितिका अध्यक्ष डाक्टर रविन्द्रप्रसाद पाण्डेले भारतको नयाँ दिल्लीमा पनि शाखा खोल्ने र चीनमा पनि शाखा खोल्ने योजना रहेको बताए । ‘ भारतको नयाँ दिल्लीमा खोल्ने निणर्य भइसकेको छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्