Logo

नेपाल एसबिआई बैंकका ग्राहकलाई आगन्तुक रिसोर्टमा विशेष छुट, सम्झौतामा हस्ताक्षर

नेपाल एसबिआई बैंकका ग्राहकलाई आगन्तुक रिसोर्टमा विशेष छुट, सम्झौतामा हस्ताक्षर



काठमाडौं । नेपाल एसबिआई बैंक लि. र आगन्तुक रिसोर्ट प्रा. लि., धुलिखेल बीच सम्झौता भएको छ ।

बैंक र रिसोर्टबीच बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी आवास सुविधामा १५ प्रतिशत र खाध्य तथा पेय पदार्थमा १० प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो ।

उक्त सम्झौतापत्र बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार देको उपस्थितिमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कूमार पंडा र आगन्तुक रिसोर्टका बरिष्ठ प्रबन्धक (बजार तथा बिक्रि) सरस्वति गुरुङले हस्ताक्षर गरेका थिए ।

उक्त कार्यक्रममा बैंकका प्रमुख संचालन अधिकृत, यादवेंद्र कांत, सल्लाहकार, छपिराज पंत, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल र बैंक तथा रिसोर्टका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्