Logo

एनएमबि बैंकद्वारा पलेशा गोवर्धन र प्रशिक्षक कविराज नेगी लामालाई नगद सम्मान

एनएमबि बैंकद्वारा पलेशा गोवर्धन र प्रशिक्षक कविराज नेगी लामालाई नगद सम्मान



काठमाडौं । एनएमबि बैंकले एसियाली प्याराओलम्पिक खेलकुदमा नेपाललाई पहिलो कास्ग पदक दिलाउन सफल प्यारातेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई सम्मान गरेको छ ।

बैंकले गोवर्धनलाई नगद पुरस्कार रु. ५ लाख १ हजार र प्रशिक्षक कविराज नेगी लामालाई रु. १ लाख १ हजार रुपैयाँ प्रदान गरेको हो ।

पलेशाको प्रतिनिधित्व गरी उनका अभिभावकले उक्त नगद ग्रहण गरे । पलेशाको उपलब्धि र नेपालमा खेलकुदको भावनाको सम्मान गर्दै गोवर्धन र उनका प्रशिक्षकलाई सम्मान स्वरुप नगद हस्तानतरण गरिए बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्