Logo

भदौमा निक्षेप र कर्जा लगानी दुबै बढ्यो, एक महिनामै निक्षेप ७३ अर्ब बढ्दा कर्जा प्रवाह ५३ अर्बमाथि

भदौमा निक्षेप र कर्जा लगानी दुबै बढ्यो, एक महिनामै निक्षेप ७३ अर्ब बढ्दा कर्जा प्रवाह ५३ अर्बमाथि



काठमाडौं । गएको भदौमा वाणिज्य बैंकहरुले कर्जा लगानी र निक्षेप दुबै बढाएका छन् । लगातार बढिरहेको निक्षेप र कर्जा लगानी ठप्प हुँदा बैंकिङ क्षेत्रमा तरलता फालाफालको अवस्था थियो । तर, नयाँ आर्थिक बर्ष सुरु भएसँगै बैंकहरुले कर्जा लगानी बढाएको बैंकहरुले सार्वजनिक गरेको नयाँ तथ्यांकमा देखिन्छ ।

वाणिज्य बैंकहरुको छाता संगठन नपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार साउनको तुलनामा भदौमा कर्जा लगानी मात्रै ५३ अर्ब रुपैयाँले बढेको छ । अर्थात भदौमा मात्रै नेपालका बैंकहरुले ५३ अर्ब बढीको कर्जा लगानी गरेका हुन् । यस्तै यसै अवधिमा निक्षेप संकलन भने ७३ अर्ब रुपैयाँ थप भएको तथ्यांकमा उल्लेख छ ।

भदौसम्म बैंकिङ प्रणालीमा ५७ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप पुगेको छ भने कर्जा लगानी ४६ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । यस्तो रकम साउन मसान्तसम्म क्रमशः ५७ खर्ब १६ अर्ब र ४५ खर्ब ७३ अर्ब थियो ।

प्रतिक्रिया दिनुहोस्