Logo

सिद्धार्थ बैंकका ग्राहकलाई जङ्गल भिल्ला रिसोर्टमा १५ प्रतिशत छुट

सिद्धार्थ बैंकका ग्राहकलाई जङ्गल भिल्ला रिसोर्टमा १५ प्रतिशत छुट



काठमाडौं । सिद्धार्थ बैंक र जङ्गल भिल्ला रिसोर्ट प्रालि (पटिहानी,चितवन) बीच सम्झौता भएको छ । बैंकका ग्रहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेगरी दुईबीच सम्झौता भएको हो ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले चितवन स्थित जङ्गल भिल्ला रिसोर्टमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजका साथै होटेल बसाई (२ रात र ३ दिन) सेवामा १५ प्रतिशतसम् सम्मको छुट प्राप्त गर्नेछन् ।

यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्