Logo

ज्योति विकास बैंकद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत बालबालिकाहरुलाई कृत्रिम हात प्रदान

ज्योति विकास बैंकद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत बालबालिकाहरुलाई कृत्रिम हात प्रदान



काठमाडौं । ज्योति विकास बैंकले ई–नेबल नेपालसँगको सहकार्यमा ६ जना बालबालिकालाई थ्रिडी प्रिन्टेड कृत्रिम हात हस्तान्तरण गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना गरेको ’हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत बैंकले उक्त कार्य गरेको हो । ईनेबल नेपालको कार्यालय परिसरमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकले उक्त कृत्रिम हातहरु ६ जना आवश्यकता भएका बालबालिकालाई प्रदान गरिएको छ ।

प्रदान गरिएका कृत्रिम हातहरुले बालबालिकालाई सामान्य दिनचर्याका काममा सहयोग हुनुको साथै बालबालिकाको मनोबल र आत्मविश्वास उच्च राख्न सहयोग हुने विश्वास बैंकले राखेको छ । हालसम्म बैंकले यस्ता कृतिम हातहरु २६ जना बालबालिकालाई प्रदान गरिसकेको छ । ज्योति विकास बैंकले आफ्नो १६औ वार्षिकोत्सवको अवसरमा ई–नेबल नेपालसँग सहकार्य गरी १६ जना बालबालिकाको लागि कृत्रिम हात निर्माण गर्ने र प्रदान गर्ने घोषणा गरेको थियो ।

उक्त सहकार्य सम्झौता अनुरुप पहिलो चरणमा जम्मा ६ जना बालबालिकाहरुलाई कृत्रिम हात प्रदान गरिएको छ । थ्रिडी प्रविधि प्रयोग गरी बनाइएको कृत्रिम हातहरु हलुका हुनुको साथै औंलाहरू चलाउन पनि मिल्ने तवरले इञिनियरिङ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्