Logo

कुमारी बैंक ‘लिडरशिप कनकेल्भ’ सम्मेलनमा भिषा इन्टरनेशनलद्वारा दुई विधामा सम्मानित

कुमारी बैंक ‘लिडरशिप कनकेल्भ’ सम्मेलनमा भिषा इन्टरनेशनलद्वारा दुई विधामा सम्मानित



काठमाडौं । कुमारी बैंक भिषा इन्टरनेशनलद्वारा दुई विधामा सम्मानित भएको छ । भिषा इन्टरनेशनलले असोज ४ गते ‘लिडरशिप कनकेल्भ’ सम्मेलनको आयोजना गरेको थियो । सो सम्मेलनमा भिषा इन्टरनेशनलले कुमारी बैंक लिमिटेडलाई ‘एक्सीलेन्स इन कन्जुमर क्रेडिट कार्ड विजनेश’ र ‘एक्सीलेन्स इन क्रस बोर्डर विजनेश’ अवार्डहरुले सुसम्मानित गरेको हो ।

आफ्नो स्थापनाकाल देखिनै बैंकिङ सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत बैंकले प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्