Logo

महालक्ष्मी साहित्य पुरस्कार २०८० महाकाब्यकार मुना अर्याललाई प्रदान

महालक्ष्मी साहित्य पुरस्कार २०८० महाकाब्यकार मुना अर्याललाई प्रदान



काठमाडौं । २१ औं संस्करणको महालक्ष्मी साहित्य पुरस्कार महाकाब्यकार मुना अर्यालले प्राप्त गरेकी छन् । एक कार्यक्रमका बीच महालक्ष्मी विकास बैंक एक विशेष कार्यक्रमको आयोजना गर्दै उक्त पुरस्कार प्रदान गरेको हो ।

तत्कालिन यती फाइनान्स लिमिटेड (हाल महालक्ष्मी विकास बैंकसँग मर्जर भएको) बाट भाषा, साहित्यको क्षेत्रमा योगदान पुर्याउने साहित्यकारहरुलाई सम्मान गर्नुपर्छ भन्ने प्रमुख उद्धेश्यका साथ वि.स. २०५९ सालमा उक्त पुरस्कार स्थापना गरिएको थियो ।
उक्त पुरस्कार यस वर्ष मातृभुमी साहित्य समाज, मकवानपुरको संयोजनमा साहित्यकार मुना अर्याललाई प्रदान गरिएको हो ।

मातृभुमी साहित्य समाज मकवानपुरका अध्यक्ष कृष्णप्रसाद दाहालको सभाध्यक्षता तथा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा सञ्चालित उक्त कार्यक्रमा यस बैकका बागमती प्रदेश ‘ख’का प्रदेश प्रमुख र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने ज्युले संयुक्त रुपमा प्रदान गरेका हुन् । उक्त कार्यबाट नेपालमा साहित्य क्षेत्रको विकास तथा संरक्षण गर्न योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्