Logo

ग्लोबल आइएमई बैंक र बिगमार्टबीच सम्झौता, बैंकका ग्राहकलाई मार्टमा १० प्रतिशत छुट

ग्लोबल आइएमई बैंक र बिगमार्टबीच सम्झौता, बैंकका ग्राहकलाई मार्टमा १० प्रतिशत छुट



काठमाडौं । ग्लोबल आइएमई बैंक र बिगमार्टबीच सम्झौता भएको छ । बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई प्रत्येक शनिबार बिग मार्टमा आफुलाई आवश्यक सर–समान खरिदपश्चात्को भुक्तानीमा १० प्रतिशत छुट प्रदान गर्नेगरी बैंक र मार्टबीच सम्झौता भएको हो ।

बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुलाई लावान्भित गर्ने गरी बैंकले बिगमार्टसंग सहकार्य गरी बिगमार्टका सम्पूर्ण स्टोरहरुमा १० प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्म छुट योजना ल्याएको छ । उक्त छुट योजना हरेक शनिबारका दिनमात्र लागू हुनेछ ।

ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL