Logo

सिटिजन्स बैंक र मिराज बेकरीबीच सम्झौता, बैंकका ग्राहकलाई बेकरी आइटममा छुट

सिटिजन्स बैंक र मिराज बेकरीबीच सम्झौता, बैंकका ग्राहकलाई बेकरी आइटममा छुट



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बौद्ध, काठमाडौं स्थित मिराज बेकरीबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका ग्राहकहरूलाई बेकरीमा विशेष छुट दिने गरी उक्त सम्झौताको समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले मिराज बेकरीमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL