Logo

अर्थ समितिद्धारा वाफिया पारित, सिइओ र अध्यक्षको ४/४ बर्षे २ कार्यकाल,सभासदलाई सञ्चालक बन्न रोक

अर्थ समितिद्धारा वाफिया पारित, सिइओ र अध्यक्षको ४/४ बर्षे २ कार्यकाल,सभासदलाई सञ्चालक बन्न रोक


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । व्यवस्थापिका संसदको अर्थ समितिले बैंक तथा वित्तीय संस्था सम्वन्धी विधेयक (बाफिया) पारित गरेको छ । अघिल्लो सरकारको पालामा वाफियामा त्रुटी भएको भन्दै संसदबाट फिर्ता गरिएको थियो ।

समितिको सोमवार बसेको बैठकले वाफिया माथि छलफल गरी पारित गरेको हो । यससँगै बैंकको अध्यक्ष,प्रवन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृतको ४ /४ बर्षे २ कार्यकाल तोकिएको छ । यसअघि ५/५ बर्षको २ कार्यकाल तोकिएको थियो ।

समितिले बैंक तथा वित्तिय संस्थाका सञ्चालकहरुको योग्यता तथा कार्यकाल समेत तोकेको छ । जसअनुसार बैंक तथा वित्तिय संस्थाको सञ्चालक बन्नका लागि सम्बन्धित क्षेत्रका बिषयमा स्नातकोत्तर उतिर्ण भएको अथवा स्नातक उतिर्ण गरी वित्तिय संस्था, सम्बिन्धित क्षेत्रको संगठित संस्था वा नेपाल सरकारको सेवामा सञ्चालक वा पदाधिकारी तह तीन बर्ष काम गरेको हुनुपर्ने छ । साथै स्वदेशी तथा विदेशी वित्तिय संस्था अथवा सरकारी सेवामा सञ्चालक वा पदाधिकारीस्तरमा कम्तिमा पाँच बर्ष काम गरेको अनुभव भएकाहरुले मात्रै सञ्चालक बन्न पाउने उल्लेख छ ।

त्यस्तै कुनैपनि कम्पनीमा ५० प्रतिशत भन्दा बढी लगानी रहेको व्यक्तिले बैंकसँग वित्तिय कारोवार रहेको अवस्थामा सञ्चालक बन्न नपाउने भएको छ ।
समितिले ऐन लागु भएपछि संवैधानिक पद धारण गरेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको सञ्चालन बन्न नपाउने उल्लेख छ । सो सम्वन्धी छुट्टै दफा बनाएर व्यवस्था गरिने बताइएको छ ।

बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको १० वर्षपछि संस्थापक सेयर विक्री गर्न पाइने भएको छ । तर, सेयर कन्भर्ट गर्नुअघि भने राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्