Logo

एनआईसी एशिया बैंकका ग्राहकलाई लेमन ट्री प्रिमियर बुढानिलकण्ठ होटलमा ३५ प्रतिशतसम्मको छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई लेमन ट्री प्रिमियर बुढानिलकण्ठ होटलमा ३५ प्रतिशतसम्मको छुट



काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना कार्ड प्रयोगकर्ता ग्राहक महानुभावहरु तथा कर्मचारीहरुलाई काठमाडौं, बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियर बुढानिलकण्ठ होटलमा विभिन्न सेवाहरुमा ३५ प्रतिशतसम्म छुट प्रदान गर्ने भएको छ ।

नजिकिदै गरेका दशैंं, तिहार, छठ जस्ता विभिन्न चाडपर्वहरुको विशेष अवसरमा भिषा डेबिट कार्ड तथा भिषा क्रेडिट कार्ड र मास्टर कार्ड प्रयोग गरेर भुक्तानी गर्ने आफ्ना ग्राहक महानुभावहरुलाई बैंकले यस्तो सुविधा उपलब्ध गराएको छ ।

उक्त छुट प्रदान गर्ने विषयमा एनआईसी एशिया बैंक र लेमन ट्री प्रिमियर बुढानिलकण्ठ होटलबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस समझदारी अनुसार भिषा डेबिट कार्ड, भिषा क्रेडिट कार्ड र मास्टर काड प्रयोग गरी भुक्तानी गर्ने ग्राहक महानुभावहरुले होटलको बसाई, खाना तथा पेयपदार्थमा २० प्रतिशत छुट प्राप्त गर्नेछन् भने स्पा सेवामा भिषा डेबिट कार्ड, मास्टर काडप्रयोगकर्ताले ३० प्रतिशत र भिषा क्रेडिट कार्ड प्रयोगकर्ताले ३५ प्रतिशत छुट प्राप्त गर्नेछन् ।

साथै, आफ्नो विशेष अवसर परेर होटलमा बस्ने बैंकका ग्राहकहरुले एक पाउण्डको केक कम्प्लिमेन्ट्रीको रुपमा र भिषा क्रेडिट कार्ड तथा मास्टर काड प्रयोगकर्ताले रुम अपग्रेडको कम्प्लिमेन्ट्री प्राप्त गर्नेछन् ।

उक्त छुट अफर २०२४ नोभेम्बर ३० अर्थात २०८१ मंसिर १५ गतेसम्मका लागि मात्र लागू हुनेछ । ‘रुम अपग्रेड’को सुविधा प्राप्त गर्न कोठा उपलब्धतामा भर पर्ने छ भने केक कम्प्लिमेन्ट्री प्राप्त गर्नको लागि एक दिनअघि नै जानकारी गराउनुपर्ने छ । यो छुट होटलको वेबसाइटमा उपलब्ध भएको दरमा प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL