Logo

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा महेशप्रसाद दहाल नियुक्त

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा महेशप्रसाद दहाल नियुक्त



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा महेशप्रसाद दहाल नियुक्त भएका छन् ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ तथा बैैंकको नियमावली बमोजिम बैंक संचालक समितिको १४९औं बैठकको निर्णयले मिति २०८१ भाद्र २८ गतेदेखि लागु हुनेगरी चार बर्षे कार्यकालको लागि उनलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो ।

नेपाल सरकारको सचिव पदबाट सेवा निवृत्त हुनु भएका उनले एम.पि.ए. र एम.बी.ए. गर्नुका साथै कानुनमा स्नातक समेत गरेका छन् ।

नेपाल सरकारको सेवामा रहँदा उनले विभिन्न तह र जिम्मेवारीमा रहेर कार्य गरेको लामो समयको अनुभव रहेको छ । उनको कार्यकालमा बैंकले थप उचाई हासिल गर्नेछ भन्ने विश्वास लिईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL