Logo

एभरेष्ट बैंकले घटाएर सार्वजनिक गर्यो ब्याजदर, यस्तो छ नयाँ ब्याजदर

एभरेष्ट बैंकले घटाएर सार्वजनिक गर्यो ब्याजदर, यस्तो छ नयाँ ब्याजदर



काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसमा बैंकले भोली असोज १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएर सार्वजनिक गरेको हो ।

बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

यसअघि भदौ महीनामा बैंकले व्यक्तिगततर्फ ६.१० प्रतिशत र संस्थागततर्फ ५.१० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । असोजमा बैंकको आधार दर ७.२९ प्रतिशत छ । भदौमा बैंकको आधार दर ७.४५ प्रतिशत थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL