Logo

नबिल बैंकको असोज १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?

नबिल बैंकको असोज १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?



काठमाडौं । नबिल बैंकले ब्याजदर परिवर्तन गरेर सार्वजनिक गरेको छ । बैंकले भोली असोज १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले असोजमा मुद्दति निक्षेपकर्तालाई व्यक्तिगततर्फ ६.७५ प्रतिशत, संस्थागततर्फ ५.७५ प्रतिशत र रेमिट्यान्स खातामा ७.७५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि भदौमा व्यक्तिगततर्फ ७ प्रतिशत, संस्थागततर्फ ६ प्रतिशत र रेमिट्यान्स खातामा ८ प्रतिशत ब्याजदर तोकेको थियो ।

साथै बैंकले भदौमा साधारण बचततर्फ सबै खातामा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । यसअघि सबै बचत खातामा ३ प्रतिशत ब्याज प्रदान गरेको थियो । बैंकको आधारदर ७.४२ प्रतिशत छ भने स्प्रेडदर भने ३.९९ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL