Logo

प्रभु बैंकको नयाँ ब्याजदर सार्वजनिक, निक्षेपमा व्यक्तिगततर्फ ६.१० प्रतिशत

प्रभु बैंकको नयाँ ब्याजदर सार्वजनिक, निक्षेपमा व्यक्तिगततर्फ ६.१० प्रतिशत



काठमाडौं । प्रभु बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भोली असोज १ गतेदेखि लागू हुनेगरी ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६.१० प्रतिशत, संस्थागततर्फ ५.१० प्रतिशत र रेमिट्यान्स खातामा ७.१० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि भदौमा मुद्दति निक्षेपमा सोही ब्याजदर कायम राखेको थियो ।

यसैगरी बैकले संंस्थागत मुद्दती निक्षेपअन्तर्गत ६ महिनादेखि १२ महिनासम्मका लागि ३.१० प्रतिशत,१२ महिनामाथि देखि ५ वर्षसम्मका लागि ४.१० प्रतिशत र ५ वर्षभन्दा माथिको अवधकिा लागि ५.१० प्रतिशत ब्याजदर कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL