Logo

भारु साट्न राष्ट्र बैंकले भारतलाई बुझायो डिक्लेरेशन फारम, अधिकतम २५ हजार साट्न सकिने

भारु साट्न राष्ट्र बैंकले भारतलाई बुझायो डिक्लेरेशन फारम, अधिकतम २५ हजार साट्न सकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ (भारु) सटहीका लागि भारत सरकारलाई डिक्लेरेशन फारम बुझएको छ । गत हप्ता भारत सरकारले नेपालमा रहेका ५ सय र १ हजार रुपैयाँका भारु सटहीका लागि एउटा स्ट्याण्डर्ड फारम तयार गर्न दिर्नेशन दिएसँगै राष्ट्र बैंकले बुझाएको हो ।

भारु सटहीका लागि प्रतिवेदन तयार गर्न सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीको अध्यक्षतामा समिति गठन गरेको थियो । सोही समितिले उक्त फारम नेपाल स्थित भारतीय दूतावासलाई बुझाएको हो । ‘हामीले दूतावासमार्फत भारत सरकालाई के कसरी सहटी गर्न सकिन्छ भन्ने विषयमा एउटा स्ट्याण्डर्ड फारम बुझाएका छौं,’ शिवाकोटीले भने, ‘भारत सरकारले त्यसमा सहमति जनाएपछि मात्र नेपालीसँग भएका रकम संकलन गर्न सूचना जारी गर्ने छौं ।’

राष्ट्र बैंकले तयार पारेको फारम अनुसार एक व्यक्तिले अधिकतम २५ हजार भारु साट्न सक्ने छ । सो रकम सटहीका लागि क र ख वर्गका बैंकमा जम्मा गर्नुपर्ने हुन्छ । त्यसरी जम्मा गरिएका रकमलाई भारतीय रिजर्व बैंकमा पठाइने समेत उनले जानकारी दिए । साथै उक्त रकम सटहीको लागि पनि विभिन्न प्रावधान राखिएको र सोही अनुरुप स्रोत खुलाउनुपर्ने हुन्छ ।

उनका अनुसार पछिल्लो समय भारत सरकारले नक्कली नोटको विषयमा कुरा उठाएपछि सो नोट जाँच गर्ने जिम्मा पनि भारतलाई नै दिइएको छ हो । ‘हामीले जनतासँग सम्बन्धित व्यक्तिको नाम तथा उसले जम्मा गरेको पैसाको नम्बर समेत टिप्ने छौं,’ उनले भने, ‘उक्त पैसामा भारतीय रिजर्व बैंकले कुनै शंका गरेको खण्डमा त्यसको जिम्मेवार सम्बन्धित व्यक्ति नै हुनुपर्ने छ ।’ साथै, कुनै पनि व्यक्तिले फरक फरक बैंकमा २५ हजार भारुभन्दा बढी जम्मा गरेको खण्डमा उक्त रकमलाई सरकाले स्वत हस्तक्षेप गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL