Logo

एनआईशी एशिया बैंकको ब्याजदर घट्यो, असोज १ गतेदेखि लागु हुने

एनआईशी एशिया बैंकको ब्याजदर घट्यो, असोज १ गतेदेखि लागु हुने



काठमाडौं । एनआईसी एशिया बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भोली असोज १ गतेदेखि लागुहुने गरी ब्याजदर घटाएर सार्वजनिक गरेको हो । जसअनुसार निक्षेपको अधिकतम ब्याजदर ७.१८ प्रतिशत कायम गरेको छ ।

बैंकले असोज महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिना अवधिका लागि ५ प्रतिशत ३ महिनादेखि १ वर्ष अवधिका लागि ५.०५ प्रतिशत,१ वर्षका लागि ५.६० प्रतिशत,१ वर्षदेखि २ वर्षसम्मका लागि ५.७५ प्रतिशत,२ वर्षमाथि देखि ५ वर्षसम्मका लागि ६।२५ प्रतिशत ५ भन्दा माथिका लागि ७.१८ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।

त्यस्तै बैंकले संस्थागत मुद्दती निक्षेपकर्तालाई अधिकतम ६.४१ प्रतिशत ब्याजदर प्रदान गरेको बैंकले असोज महिनाका लागि भने अधिकतम ६.१८ प्रतिशत प्रदान गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL