Logo

प्रभु बैंकद्वारा गण्डकीमा शैक्षिक केन्द्र स्थापना, उच्च शिक्षा हासिल गर्न जानेलाई ऋण दिने

प्रभु बैंकद्वारा गण्डकीमा शैक्षिक केन्द्र स्थापना, उच्च शिक्षा हासिल गर्न जानेलाई ऋण दिने



काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो सेवा परिस्कृत गर्ने क्रममा गण्डकी प्रदेश कार्यालयअन्तर्गत पोखरामा शैक्षिक केन्द्र (एजुकेशन हव) स्थापना गरेको छ । स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न जानेहरुका लागि आवश्यक शैक्षिक कर्जा सहज तथा सरल रुपमा उपलब्ध गराउने उद्देश्यले गण्डकी प्रदेश कार्यालय, पोखरामा उक्त केन्द्र स्थापना गरिएको हो ।

स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुको लागि प्रदेशस्तरबाट उपलब्ध हुन सक्ने सहज भुमिकालाई मध्यनजर गर्दै प्रदेश कार्यालयअन्तर्गत उक्त विभाग स्थापना गरिएको बैंकले जनाएको छ । हाल नेपालबाट उच्च शिक्षा हासिल गर्नको लागि विद्यार्थीहरु विभिन्न देशका कलेज तथा विश्वविद्यालयमा भर्ना हुनका लागि आवश्यक वित्तिय लागत परिपूर्ति गर्नको लागि आवश्यक पर्ने कर्जाको सहज उपलब्धतामा टेवा पुग्ने विश्वास गरिएको छ ।

सीमित वित्तिय स्रोत साधनका कारण आफ्ना सन्ततिहरुलाई उच्च शिक्षा प्रदान गर्नबाट वञ्चित रहेको समसामयिक परिप्रेक्षलाई मध्यनजर गरी छिटोछरितो र सहज तरिकाले शैक्षिक कर्जा प्रदान गर्न यो सेवा सुरु गरिएको बैंकले जनाएको छ । शैक्षिक कर्जा सुविधा उपभोग गर्नका लागि यस बैँकको प्रदेश कार्यालयको शैक्षिक केन्द्र तथा गण्डकी प्रदेश अन्तर्गतका विभिन्न शाखा कार्यालयहरुमा सम्पर्क राखी ५ दिनभित्रै कर्जा स्वीकृत हुने व्यवस्था मिलाएको छ । उक्त शैक्षिक केन्द्र, गण्डकी प्रदेशको समुद्घाटन प्रमुख व्यवसाय केन्द अधिकृत शान्ती शेरचनबाट गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL