Logo

कामना सेवा विकास बैंकद्वारा १२ प्रतिशत लाभांश घोषणा, ७ प्रतिशत वोनस

कामना सेवा विकास बैंकद्वारा १२ प्रतिशत लाभांश घोषणा, ७ प्रतिशत वोनस



काठमाडौँ । कामना सेवा विकास बैंकले आ.व. २०८०।८१ को संचित मुनाफावाट आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले ७ प्रतिशत वोनस शेयर र ५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि १२ प्रतिशत लाभाशं घोषणा गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती तथा आगामी १८ औं वार्षिक साधारणसभावाट पारित भए पश्चात शेयरधनीहरुले प्राप्त गर्नेछन् । बैंकको शुक्रवार वसेको संचालक समितिको बैठकवाट उक्त प्रस्ताव पारित भएको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL