Logo

नविल बैंकका अध्यक्ष पौड्याललाई बैंकर्स संघको सम्मान, बैंकिङ क्षेत्रमा योगदान

नविल बैंकका अध्यक्ष पौड्याललाई बैंकर्स संघको सम्मान, बैंकिङ क्षेत्रमा योगदान


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल बैंकर्स संघले नविल बैंकका अध्यक्ष शम्भूप्रसाद पौंड्यालाई सम्मान गरेको छ । लामो समयदेखि बैंकिङ क्षेत्रमा रहेर मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा योगदान पुर्याएको भन्दै संघले उनलाई सम्मान गरेको हो ।

साथै पूर्णरुपमा निजी क्षेत्रमा संचालित तथा विदेशी बैंकसँगको संयुक्त लगानीमा समेत नेपालमा पहिलो पटक स्थापना भएको नबिल बैंकको संचालक समितिमा रहेर पौड्यालले लामो समय काम गर्दै सम्पूर्ण बैंकिङ क्षेत्रमा योगदान पुर्याएको संघको ठहर छ ।

उनलाई संघले आÏनो ३०औं वार्षिक साधारण सभाको उपलक्ष्यमा एक समारोहकाबीच सम्झनाको चीनो स्वरुप सम्मानपत्र प्रदान गरेकोे थियो ।

प्रतिक्रिया दिनुहोस्