Logo

लुम्बिनीमा प्रभुको नयाँ शाखा, घुम्न जाने पर्यटक र स्थानीय बैंकिङ सेवाबाट लाभान्वित

लुम्बिनीमा प्रभुको नयाँ शाखा, घुम्न जाने पर्यटक र स्थानीय बैंकिङ सेवाबाट लाभान्वित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रभु बैंकले लुम्बिनीमा आफ्नो शाखा कार्यालय संचालनमा ल्याएको छ । आज एक समारोहबीच उक्त शाखाको रक्षा मन्त्री बालकृष्ण खाँडले उद्घाटन गरेका हुन् ।

मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु स्थानान्तरण गर्ने क्रममा लुम्बिनीमा खोलिएको हो । बैंकले आगाामी दिनमा मर्जरका क्रममा दोहोरिन गएका अन्य शाखालाई पनि स्थानान्तरण गर्ने बताएको छ ।

शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा सञ्चालन ल्याउँदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । साथै लुम्बिनी नेपालको पर्यटकीय गन्तव्य भएकाले त्यस स्थानमा घुम्न जाने पर्यटकहरु पनि लाभान्वित हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्