Logo

नेपाल बैंकले संचालनमा ल्यायो पहिलो नगद निक्षेप मेसिन, अब पैसा डिपोजिट गर्न बैंकसम्म पुग्न नपर्ने

नेपाल बैंकले संचालनमा ल्यायो पहिलो नगद निक्षेप मेसिन, अब पैसा डिपोजिट गर्न बैंकसम्म पुग्न नपर्ने



काठमाडौं । नेपाल बैंकले नगद निक्षेप मेसिन संचालनमा ल्याएको छ । बैंकदले न्युरोड , धर्मपथ, काठमाडौंमा रहेको आफ्नो मूख्य शाखा काठमाडौं बैंकिङ अफिसमा पहिलो नगद निक्षेप मेसिन सञ्चालनमा ल्याएको हो ।

सो नगद निक्षेप मेसिनको उद्घाटन गर्दै बैंकले ग्राहक सेवालाई थप प्रभावकारी तथा डिजिटल मैत्री बनाउँदै अत्याधुनिक बैंकिङ सेवा विस्तार गरिँदै लगिने जानकारी दिएको छ । नयाँ जडान गरिएको मेसिनमा रियल टाइम नगद जम्मा गर्ने सुविधा भएकोले ग्राहकवर्गलाई क्यास काउन्टरबाट मात्र नगद जम्मा गर्नुपर्ने बाध्यता हटेको छ ।

हाल बैंकले आफ्नो २ सय २९ शाखा, ५९ एक्टेन्सन काउण्टर र २ सय ४ एटिएम काउण्टरबाट सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL