Logo

सिटिजन्स बैंक र पोष्टम इन्फोसिसबीच साझेदारी सम्झौता

सिटिजन्स बैंक र पोष्टम इन्फोसिसबीच साझेदारी सम्झौता



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सामाजिक सञ्जाल प्लेटफर्म पोष्टमबीच साझेदारी सम्झौता भएको छ । यस साझेदारीले पोष्टमका प्रयोगकर्ताको आम्दानीलाई सिधै सिटिजन्स बैंकको खातामा ल्याउन मद्दत गर्ने बताइएको छ ।

पोष्टम एप, पोष्टम इन्फोसिस प्रालिद्वारा डिजाइन गरिएको एक सामाजिक प्लेटफर्म हो, जहाँ हरेक व्यक्तिले आफ्ना प्रस्तुतिहरुको सृजना गर्न सक्छन र ती सृजना गरिएका प्रस्तुतिहरुलाई विभिन्न माध्यम मार्फत मोनिटाइज गर्न सक्छन् ।

यो एपमार्फत सृजनाकर्ताहरूले विभिन्न विधामा जस्तै यात्रा, मनोरञ्जन, सेवा, मोटर वाहन, जानकारीमूलक, रचनात्मक र अन्य चुनौतीहरूमा केन्द्रित रहेर कन्टेन्ट निर्माण गर्न सक्छन् । यसरी सामाग्री बनाएर आय सृजना गर्ने पोष्टमका प्रयोगकर्तालाई प्रभावकारी वित्तीय पहुँच सिटिजन्स बैंकले दिलाउनेगरी सम्झौता भएको हो । प्रयोगकर्ताहरुले आफ्नो कमाइलाई सिधै सिटिजन्स बैंकको खातामा ल्याएर सुरक्षित राख्न सक्नेछन ।

यस सहकार्यले सृजनाकर्ताहरूलाई उनीहरूको आम्दानी सिधै उनीहरूको सिटिजन्स बैंक खातामा जम्मा गरी झिक्न अनुमति दिएर वित्तीय प्रक्रियालाई सरलीकृत र सुव्यवस्थित बनाउने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्