Logo

लक्ष्मी सनराइज बैंक विरगंज आदर्शनगरको शाखा स्थानान्तरण, पहिलेभन्दा १ किलोमिटर टाढा

लक्ष्मी सनराइज बैंक विरगंज आदर्शनगरको शाखा स्थानान्तरण, पहिलेभन्दा १ किलोमिटर टाढा



काठमाडौं । लक्ष्मी सनराइज बैंकले पर्सा जिल्लाको वीरगंज महानगरपालिकामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ ।

बैंकको वीरगंज महानगरपालिका वडा न‍‌. ६ स्थित आदर्शनगर चोकमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा न. ८ स्थित लिंक रोड अघिल्लो शाखा स्थानबाट करिब १ किमी उत्तर पूर्वतर्फमा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरुले आदर्शनगरमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्नेछन् ।

स्थानान्तरण भए सँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरुलाई सबै प्रकारका रिटेल बैँकिङ सेवाहरु प्रदान गर्नेछ ।

हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २ सय ५४ शाखा, ३ सय २० एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १ सय २८ शाखारहित बैँकिङ एजेन्ट रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL