Logo

राष्ट्रिय वाणिज्य बैंकले कमायो ५० करोड, गत आवको तुलनामा १० करोडले कमि

राष्ट्रिय वाणिज्य बैंकले कमायो ५० करोड, गत आवको तुलनामा १० करोडले कमि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ५० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गल आर्थिक वर्षको सोही अवधिको तुलनामा १० करोड रुपैयाँले कमि हो ।

बैंकको ब्याज आम्दानीमा कमि आएसँगै समग्र नाफामा गिरावट आएको हो । १ खर्ब ४६ अर्ब निक्षेप संकलन गरेको बैंकले ८५ अर्ब ९८ करोड रुपैयाँ मात्र कर्जा प्रबाह गरेको छ । तर बैंकले कर्मचारी र संचालन खर्च भने घटाएको छ ।

हाल बैंकको जगेडा कोषमा १ अर्ब २३ करोड रुपैयाँ छ भने खराव कर्जा कुल कर्जा प्रवाहको ३ दशमलव ३० प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्