Logo

सानिमा बैंकका ग्राहकहरुलाई श्री एयरलाइन्समा विशेष छुट, डिजिटल भुक्तानी गर्नुपर्ने

सानिमा बैंकका ग्राहकहरुलाई श्री एयरलाइन्समा विशेष छुट, डिजिटल भुक्तानी गर्नुपर्ने



काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुले श्री एयरलाइन्समा विशेष छुट पाउने भएका छन् । बैंकले ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न श्री एयरलाइन्समा विशेष छुटको व्यवस्था गरेको हो ।

सानिमा बैंकको भिसा डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग क्युआर स्क्यान गरेर डिजिटल भुक्तानी गर्दा श्री एयरलाइन्सको टिकटमा पाँच सय रुपैयाँको छुट प्राप्त गर्न सक्नेछन् । छुटका लागि ग्राहकहरुले श्री एयरलाइन्सको काउन्टरबाट भुक्तानी गर्नु पर्नेछ ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध छ रहेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL